Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तोकिएको समयमा निर्वाचन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ ।रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन गर्न सरकार गम्भीर नबनेकाले संविधानले निर्धारण गरेको समयभित्र निर्वाचन नहुने र निर्वाचन अन्योलमा परेको बताउनुभयो ।

bi

निर्वाचनको मिति तोक्न र तयारी गर्न सरकारले नै सहयोग नगरेको निर्वाचन आयोगले बताउनुले पनि यसलाई पुष्टि गर्ने बताउनुभयो । संविधान संशोधन गरी मधेस आन्दोलनका गलत माग सम्बोधन गर्न सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने उहाँले तर्क राख्नुभयो । नेपालका लागि चिनियाँ राष्ट्रपतिको भ्रमण सरकारकै कारण नहुने टिप्पणी गर्दै उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले समेत अदृश्य रुपमा हस्तक्षेप गरेको दाबी गर्नुभयो ।

नेपालको इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको आरोप लगाउँदै बिजुक्छेले भन्नुभयो – “कूटनीतिक पक्षलाई सवल पार्न नसके अन्तर्राष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्छ, यसले नेपाललाई नै हानि हुन्छ ।” भारतले नेपाललाई भुटान बनाउन खोजेको बताउँदै बिजुक्छेले भन्नुभयो – “भारतले अब नेपालले राख्ने हरेक अन्तर्राष्ट्रिय सम्बन्धमा आफूलाई अवगत गराएरमात्र अघि बढ्नुपर्ने वातावरण बनाएको छ, त्यसलाई समर्थन गर्न दाहाल नेतृत्वको सरकारले भूमिका खेलेको छ ।”

बिजुक्छेले माओवादीको जनयुद्धमा भारतले गरेको सहयोगको दाहालले ऋण तिर्न थालेको पनि चर्चा गर्नुभयो । बिजुक्छेले भन्नुभयो – “देशमा अहिलेको अवस्था ल्याउनकै लागि तत्कालीन जनयुद्धमा भारतले माओवादीलाई सहयोग गरेको पुुष्टि भयो, माओवादीका नेताहरुले भारतको कठपुतलीका रुपमा काम गरिरहेका छन्, भारतले आफ्नो आवश्यकता पूरा गरिसकेको छ ।”

नेपाली काँग्रेसले दाहाललाई प्रयोग गरेर विगतका आफ्ना गल्ती सुधार्न थालेको बताउँदै उहाँले अब केही महिनाभित्रै नयाँ सत्ता समीकरण हुने दाबी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया