Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौ – यसवर्षको मनुसन सकिएको छ । यो वर्ष ढिलो गरी सुरु भएको मनसुन पोहोरभन्दा २० दिन लम्बिएको हो । सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो ।

मध्य र पश्चिमबाट यसअघि नै सकिएको मनसुन पूर्वी क्षेत्रबाट पनि बाहिरिएको औपचारिक घोषणा गरिएको मौसमविद शान्ति कँडेलले बताउनुभयो । मनसुन सकिएपनि वायुमण्डलमा जलवाष्युक्त हावा रहिरहेकाले पूर्वी पहाडका केही भागमा सोमबार पानी पर्ने सम्भावना छ ।

यस्तै काठमाडौं उपत्यकासहित पहाडी भेगको मौसम भने आंशिक बदली भएको छ । सोमबार तराईको मौसम भने पूर्ण सफा रहने विभागले जनाएको छ ।

काठमाडौंसहित देशभरको तापक्रम बिस्तारै घट्दै गएको छ । आइतबार भन्दा सोमबार काठमाडौंको तापक्रम एक डिग्रीले घटेको छ । काठमाडौंको न्यूनतम तापक्रम १५  डिग्री सेल्सियसमा झरेको छ । तापक्रम घट्न थालेसँगै चिसो बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया