Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोश्रो राष्ट्रपति विद्यादेवी भण्डारी पारिवारिक रुपमा नातेदार बन्ने भएका छन् । राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम र पूर्वराष्ट्रपति यादवका नाती अभिषेकबिच टीकाटालो भएपछि दुवै परिवार नातेदार बन्न लागेका हुन् ।

अभिषेक रामवरणकी भतिजी किरण यादवका छोरा हुन् । किरण महोत्तरीबाट निर्वाचित सांसद पनि हुन् । राष्ट्रपति भवन शितलनिवासमा हिन्दु परम्परा अनुसार टीकाटालो भएको हो । टीकाटालोमा दुवै पक्षका परिवारका सदस्य मात्र उपस्थित थिए । विवाह भने माघ ३ गते गर्ने दुवै परिवारको सहमति छ ।

अभिषेक बेलायतको प्रतिष्ठित चिभनिङ्ग छात्रवृत्तिमा उच्च शिक्षा हासिल गरिरहनुभएको छ भने निशाकुशुमले भारतबाट एमविविएस पास गर्नुभएको छ ।

स्कुले पढ्दादेखिको प्रेम

राष्ट्रपतिकी छोरी निशाकुसुम र पूर्वराष्ट्रपतिका नाति अभिषेकबिच स्कुल पढ्दादेखि प्रेम थियो । काठमाडौंको बुढानिलकण्ठ स्कुलमा पढ्दादेखिका साथी रहेका दुईबिच त्यसबेलादेखि नै प्रेममा रहेको पारिवारिक स्रोतले जनाएको छ । अभिषेक २९ र निशा २७ वर्षका छन् ।

तपाईको प्रतिक्रिया