Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

चीन – चीनले दईजना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्ष यान शेनजू–११ प्रक्षेपण गरेको छ । गोवी मरुभूमिमा बनाइएको जियोचुयान स्याटलाइट लन्च सेन्टरबाट सोमबार बिहान शेनजू–११ प्रक्षेपण गरिएको हो ।

अमेरिका र रुसपछि आफ्नै अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने चीन तेस्रो देश बनेको छ । अन्तरिक्ष यानमा ४९ वर्षका जिंग हैपेंग र ३७ वर्षका चेन डोंग अन्तरिक्षमा गएका हुन् ।

हैपेंगले यसअघि पनि दुईपटक अन्तरिक्षको यात्रा गरिसकेका छन् । दुवैजना अबको एक महिनासम्म अन्तरिक्ष प्रयोगशाला थियानगोंग–२ मा बस्नेछन् । यो कुनै पनि चिनियाँ अन्तरिक्ष यात्रीको सबैभन्दा लामो अन्तरिक्ष बसाइ हुनेछ ।

यस अभियानको उद्देश्य चन्द्रमा तथा मंगल ग्रहका लागि अन्तरिक्ष यात्री पठाउने सम्भावना पत्ता लगाउनु रहेको छ । झण्डै तीन वर्ष पहिले चीनको रोवर मिशन, जेड र्‍याबिट रोबोट चन्द्रमाको सतहमा सफल अवतरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया