Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

जिलोङ अस्ट्रेलिया – अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एवं बहुसांस्कृतिक पर्व “पाको पर्व“ मार्फत नेपालको पहिचान दिने र फरक र प्रभावकारी ढङ्गबाट विभिन्न किसिमका चाड पर्व मनाउँदै चर्चामा आउने गरेको जिलोङ सहरमा तेस्रो पटक जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भव्यताका साथ दसैंं कार्यक्रम मनाएको छ ।

1

कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसैंंको टीका ग्रहण गरिन भने विभिन्न व्यक्तिहरूलाई टीका लगाइदिइन पनि । कार्यक्रममा उपस्थित विभिन्न देशका सहभागीहरुले पनि दसैंंको टीका ग्रहण गरे । कार्यक्रमका प्रमुख अतिथि सांसद कोजेन्सले आफू सधैँ नेपाली समुदायसँग नजिक रहेर काम गर्न इच्छुक रहेको बताउँदै दसैंंको शुभकामना दिइन ।

????????????????????????????????????

शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा एनआरएन भिक्टोरियाका संयोजक एवं एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशव कंडेल, साउथ अस्ट्रेलियन कम्युनिटी लिंक ग्रुपका महासचिव डा सोनिया सिंह, अजी एक्सन अब्रोडका प्रबन्ध निर्देशक ग्राहेम केण्ट, बेटर कम्युनिटी कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, मिस श्रीलंकाका आयोजक समितिका सदस्य एवं मिस्टर एवं मिस नेपाल अस्ट्रेलिया २०१६ का एक जज साभ पेरेरा, फ्रेण्डस अफ टिम ज्याकका स्टेभ रिचार्ड, बारवोन हेड्स कम्युनिटीका बर्नाड नेप्थाइन र सन्तोष पराजुली थिए ।

3

कार्यक्रममा ग्रेटर जिलोङ काउन्सिलका सामुदायिक विकास अधिकृत भिमा मुनियापाह, प्रवासी नेपाली मन्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, जन सम्पर्क समिति भिक्टोरिया भिक्टोरियाका अध्यक्ष गौतम लामिछाने, मिस नेपाल अस्ट्रेलिया २०१२ दिपाश्री शाह, मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपमध्वज किरण आदिको उपस्थिति थियो ।
कार्यक्रममा रेखा श्रेष्ठ, बिना भण्डारी कुँवर, मोहन चैसिंह चैसिर, मोक्षदा सापकोटा, रुबी न्यौपाने, परिभाषा श्रेष्ठ र श्रेस्टी श्रेष्ठले नाच प्रस्तुत गर्नु भएको थियो भने सम्भव भट्टराईले गीत गाउनु भएको थियो ।

4
कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागीहरू, स्वयम् सेवक, तीज कार्यक्रम मूल आयोजक समितिका सदस्यहरू, तीज कार्यक्रमका स्पोन्सर ग्रेस इण्टरनेशनल र गत भूकम्प पीडितको लागि सहयोग गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

6 5

तपाईको प्रतिक्रिया