Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने दाबी गर्नुभएको छ ।

आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता बाहेक अन्य उपलब्धी हासिल गर्न नसक्ने बताउनुभएको हो । डा. महतका अनुसार नेपाल ब्रिक्सको सदस्य राष्ट्र पनि नभएकोले त्यसमा ठूलो अपेक्षा गर्नुभन्दा पनि द्धिपक्षीय भेटवार्ता महत्वपूर्ण हने बताउनुभयो ।

उहाँले ब्रिक्स आफैंमा मार्केट नभएकोले नेपालले अहिले भारत र चीनसँगको साझेदारीको विषयमा बढी ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै डा. महतले संविधानलाई लिएर असन्तुष्ट बनेको मधेस केन्द्रित दललगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया