Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

गोवा – प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेनालाई नेपालबाट श्रीलंका हुँदै खाडी मुलुकमा नेपाली महिला लगिने काम रोक्नका लागि अनुरोध गर्नुभएको छ ।

गोवाको लीला होटलमा आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न पनि आग्रह गर्नुभयो ।

भेटमा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शीघ्र आयोजना गर्नेबारे छलफल भएको छ । भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहे पनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया