Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

गोरखा – उत्तरी गोरखाका सात गाविसमा एउटै मात्र माध्यमिक विद्यालय सञ्चालनमा छ । तिब्बतसँग सीमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, बिही, छेकम्पार, चुम्चेत र सिर्दिवास गाविसका विद्यार्थी सिर्दिवासस्थित फिलिममा रहेको बुद्ध आवासीय माध्यामिक विद्यालय पढन जान्छन् । तर सबै विद्यार्थीलाई आवासीय सुविधा दिन नसक्दा बिचैमा कक्षा छाड्ने समस्या बढेको छ ।

विद्यालयले टाढाका विद्यार्थीलाई आवासीय सुविधामा प्राथमिकता दिइएको छ । भूकम्पले क्षति पुर्याए पनि विद्यालयको छात्राबास मर्मत नहुँदा जोखिम रहेको छ । छात्राबास मर्मत गर्न तथा विद्यालय पुनः निर्माणमा बजेटको अभाव हुँदै आएको छ । विद्यार्थी सङ्ख्या बढे पनि आवासीय कोटा थप गर्न नसक्दा पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले यस शैक्षिकसत्रदेखि एक सय ५० विद्यार्थीलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

यसअघि यो विद्यालयमा एक सय २० विद्यार्थीले आवासीय सुविधा पाएका थिए । विद्यालयमा झण्डै तीन सय विद्यार्थी पढ्छन् भने आवासीय सुविधा नपाएका विद्यार्थी स्थानीयवासीको घरमा डेरा गरी बस्छन् ।

यसैबिच जिल्ला शिक्षा कार्यालयले विद्यालय शिक्षा बिचैमा छाडेर गुम्बामा पढ्न गएका विद्यार्थीलाई पुनः बिद्यालय शिक्षातर्फ आकर्षित गराउने भएको छ । दुर्गम भेगमा आवासीय सुविधासहित विद्यालय सञ्चालन गरी विद्यार्थीलाई पुनः विद्यालय फर्काउने तयारी गरिएको सुवेदीले बताउनुभयो । खाजा, खानालगायत सेवासुविधा पाएपछि विद्यार्थीहरु गुम्बामा पढ्न गएकाले विद्यालय सुनसानजस्तै भएको थियो ।

हिमाली गाविस बिही, प्रोक, ल्हो र सामागाउँमा पनि यस वर्षदेखि आवासीय विद्यालय सञ्चालन गर्ने कार्यालयको तयारी छ । छेकम्पार र चुम्चेत गाविसका विद्यार्थीलाई आवासीय सुविधा दिन हालै छेकम्पारको बुद्ध प्राविलाई आवासीय बनाइएको छ । २५ बालबालिकालाई आवासीय सुविधा दिन छाया नेपाल गैरसरकारी संस्थाको सहयोगमा पाँचकोठे भवन निर्माण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक छिरिङफुञ्जो लामाका अनुसार विद्यालयमा ३२ जना विद्यार्थी भए पनि २५ जना छात्राबासमा बसेर पढ्न पाएका छन् । प्रोकको नु्रबी प्रावि, ल्हो गाविसको ल्हो प्रावि, सामागाउँको गौरीशङ्कर निमावि, भवानी मावि मान्वुलगायत विद्यालयमा आवासीय कोटा थप गरिएको हो । ल्हो प्राविमा ५५, गौरीशङ्करमा २० र भवानी माविमा ३० जनाका लागि आवासीय कोटा थप गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया