Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोगपुर्याउने प्रतिबद्धता जनाएको छ ।

‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौैँ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले प्रशंसा गरी ‘विलक्षण’ क्षमता बोकेका नेपाली सेनाबाट चिनियाँ सेनाले पनि केही सिक्न आवश्यक रहेको बताउनुभएको जानकारी दिनुभयो ।

रक्षामन्त्री बालकृष्ण खाणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा सुरक्षा र सहयोगलाई कसरीसँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आतंकवादका कारणले सुरक्षामा देखिएका समस्या र समाधानका विषयमा नेपालको धारणा सम्मेलनमा राखिएको छ ।’

सियाङसान सम्मेलनका क्रममा मन्त्री खाणसँगको भेटमा चिनियाँ रक्षामन्त्री छाङसँगले नेपालको संविधानप्रति चीन र चिनियाँको सद्भाव र समर्थन रहेको जानकारी गराउँदै नेपालले शान्ति, समृद्धि र प्रगतिमा सफलता हासिल गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

दुवै देशका सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणको आदानप्रदानलाई निरन्तरता दिन आवश्यक रहेका विषयमा उहाँहरुबिच विचारविमर्श भएको थियो । दुवै रक्षामन्त्रीबिचको भेटमा नेपाली सेना र चिनियाँ सेनाबिचको सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको मन्त्री खाणले जानकारी दिनुभयो ।

द्रुतगतिको आर्थिक प्रगतिमा रहेको चीनले कुनै पनि मुलुकको समृद्धिका लागि छिमेकी मुलुकमा शान्ति र प्रगति हुन आवश्यक छ भन्ने पक्षलाई राम्ररी महसुस गरेको आफूले पाएको मन्त्री खाणले बताउनुभयो ।

सम्मेलनमा ६४ देशका चार सय प्रतिनिधिको सहभागिता थियो । रक्षामन्त्री खाणको स्वागतका लागि प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा र नेपाली सेनाका रथीवृन्द विमानस्थल पुग्नुभएको थियो

तपाईको प्रतिक्रिया