Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – भारतको गोवामा जारी ब्रिक्स सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच औपचारिक र अनौपचारिक भेटवार्ता भएको छ ।

औपचारिक भेटवार्तामा दुई देशका सरकार प्रमुखका साथै सरकारी प्रतिनिधि सहभागी थिए । शनिवार राति चिनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री प्रचण्डबीच अनौपचारिक भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभएको छ । दुई देशका शीर्ष नेताका क्रममा भारतका प्रधानमन्त्री मोदी पनि प्रवेश गरेपछि भेटवार्ता त्रिपक्षीय हुन पुगेको थियो ।14680784_1246126292111390_2494126117220154232_n

प्रधानमन्त्री दाहालसँगै गोवामा रहनुभएका प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका दाहाल पुत्र प्रकाश दाहालले आफ्नो फेसबुकमा उक्त भेटवार्ताको फोटो राख्नुभएको छ । भेटमा प्रचण्ड पत्नी सीता दाहाल पनि सहभागी हुनुहुन्थ्यो । चिनियाँ राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री प्रचण्डबीच भएको संयुक्त भेटमा त्रिदेशीय हितका कुरा भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सानो मुलुक भए पनि पशुपति र बुद्ध जन्मस्थानले तीन देशलाई जोडेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया