Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

गोवा – चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिनुभएको छ । ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा भारतको गोवा आउनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उहाँलाई पुनः निम्तो दिनुभएको थियो ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सीले भन्नुभयो,‘म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।’ भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् । भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो । चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठुलो परिमाणमा वृद्धि गरेको छ । 1476550237818_ka_goa_161015__mg_2675

भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पुर्‍याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । भेटका अवसरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहोर्‍याउँदै नेपालीे भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताउनुुभयो । मन्त्री महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु राख्नुभएको थियो । उक्त अवसरमा चीनका राष्ट्रपति सीले चीन, नेपाल र भारतबीचको त्रि–पक्षीय सम्बन्धलाई सुदृढ बनाएर अगाडि बढ्ने नेपालको प्रस्तावमा समर्थन जनाउनुभएको मन्त्री महतले बताउनुभयो ।

चीनका तर्फबाट नेपाली विद्यार्थीलाई उपलब्ध गराइँदै आएको छात्रवृत्ति कोटामा वृद्धि गर्ने, कृषि, उद्योग, जलविद्युत् र ऊर्जा विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । करिब ४० मिनेट भएको उक्त द्विपक्षीय वार्तामा लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने प्रसङ्ग पनि उठेको थियो । भेटमा परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शंकरदास बैरागी, उच्च चिनियाँ अधिकारी र भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया