Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

भक्तपुर – वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले ठूला तीन दल मिलेर सहमति र सहकार्यका साथ अगाडि नबढे देश गम्भीर सङ्कटमा पर्ने बताउनुभएको छ । 13239243_1030902196990144_7189299365548243772_n1

शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा एवम् संयुक्त क्षेत्रीय भेलामा उहाँले संविधान कार्यान्वयनमा तीन दल मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । विदेशी षड्यन्त्र र दलका नेताको कमी कमजोरीका कारण देश सङ्कटमा परेको बताउँदै मधेसवादी दललाई सहमतिमा ल्याउन सरकारले गरेको प्रयास सफल पार्न एमालेको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले २०७४ माघ ७ गतेसम्म मात्र वर्तमान सरकारको वैधानिकता रहेको चर्चा गर्दै त्यो मितिसम्म तीनवटै निर्वाचन गर्ने जिम्मेवारी सरकारले पूरा गर्न नसके देश सङ्कटमा पर्ने धारणा पनि राख्नुभयो ।

तपाईको प्रतिक्रिया