Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

मुस्ताङ – मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १ सय ८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् ।

दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मुक्तिनाथमा हिन्दु र बौद्ध दुवै धर्मालम्बीका भक्तजन दर्शनका लागि आउने गरेको मुख्य पुजारी सुवेदीको भनाइ छ ।

सरकारले कागबेनी– मुक्तिनाथको १२ किलोमिटर सडकलाई कालोपत्रे बनाउने काम सुरु गरेपनि त्यसले पूर्णता पाउन सकेको छैन । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

तपाईको प्रतिक्रिया