Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

इलाम  – इलामको दानाबारी–महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा पल्टिँदा हराएकाको शनिबार बिहानैदेखि खोजी गर्न थालिएको छ ।

बिहान इलामका हेमबहादुर सिंजाली र टंकमाया सिंजालीको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार महमाईका ७५ वर्षका जसबहादुर राई, ४५ वर्षकी डम्बरमाया मगर, ३९ वर्षकी पवित्रा पौडेल, दानाबारीका ६० वर्षका तेजबहादुर राई र एक बालक गरी पाँचजना शव भेटिएको थियो ।

दुर्घटनापछि ३१ जनाको शुक्रबार दिउँसो नै उद्धार गरिएकोे थियो । दानाबारीबाट महमाईका लागि छुटेको डुङ्गा बढी भार भएका कारण अनियन्त्रित भइ पल्टेको प्रहरीको अनुमान छ । खोलामा डुबेको डुङ्गा बेपत्ता छ ।

तपाईको प्रतिक्रिया