Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व जनसंख्याको एकतीहाई हिस्सा ग्रामीण महिलाको छ । ति ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृति स्रोत र कृषिमा निर्भर रहेका छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यन्नको उत्पान तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एकभएर लाग्नु पर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रसंघका महासचिव बान कि मुनले ग्रामीण महिलालाई सशक्त गराउन सके गरिबी तथा भोकमरी कम गर्न सहयोग पुग्ने भएकाले उनीहरुलाई आवश्यक सबै सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ । ग्रामीण महिलालाई समान अवसर दिन सके मात्रै दीगो विकास लक्ष्य हाँसिल गर्न सकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया