Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

बेनी – म्याग्दी जिल्लामा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ ।दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा रेमिट्यान्स पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी रेमिट्य़ान्स भुक्तानी गरेको जनाएका छन् ।

एउटा कम्पनी तथा शाखाले न्यूनतम रु एक करोड ५० लाखदेखि बढीमा रु पाँच करोडसम्म रेमिट्यान्स भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पोखरास्थित क्षेत्रीय कार्यालयका अनुसार २०७१ को माघदेखि २०७२ को पुस महिनाको अवधिमा म्याग्दीमा रु पाँच अर्ब ८० करोड रेमिट्य़ान्स भित्रिएको थियो ।

चाडपर्वको समयमा रेमिट्यान्स भित्रिने क्रम बढी हुने गरेको गरिमा विकास बैंकको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताउनुभयो । चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ । विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन् ।

म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् । रासस

तपाईको प्रतिक्रिया