Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – आज कोजाग्रत पूणिर्मा अर्थात विजयादशमीको अन्तिम दिन दुर्गा भवानीको टीका प्रसाद लगाउने कार्य आज समापन हुँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा विसर्जन गरिन्छ ।

दशैंको प्रतिपदाबाट आज पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । आकाशमा राती पूर्णचन्द्र उदाएसंगै काठमाडौको स्वयम्भ्यू लगायतका महाचैत्यहरुमा राती महादीपज्योती प्रज्जवलित गरिनेछ ।

प्रतिपदाको दिन घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने कार्य गर्ने गरिन्छ । आजैदेखि मुलुकभर धनधान्य एवं सम्पन्नताकी देवीमहालक्ष्मीको पूजाआराधना गरिन्छ ।

महालक्ष्मीको पूजा गरी आज रातभर जाग्राम बस्ने भएकाले यस पूणिर्मालाई कोजाग्रत पूणिर्मा भनिएको हो । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैंको अन्त्य र तिहारको प्रारम्भिक आगमनयूक्त शङ्केतका रुपमा समेत लिइन्छ । तराइतिर भने आजको दिन कौडा खेल्ने चलन छ ।

कोजाग्रत पूर्णिमापछि सुरिलो बाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियोको घर बनाई त्यसमा हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ति बाल्ने चलन पनि रहिआएको छ ।

तपाईको प्रतिक्रिया