Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नेकपा एमालेले आज चियापान गर्दै छ । नेपालीहरुको साँस्कृतिक चाड विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा एमालेले आज चियापान कार्यक्रम आयोजना गरेको हो ।

गत वर्षको विनाशकारी भूकम्पबाट बल्खुस्थित पार्टीको केन्द्रीय कार्यलय भवन काम नलाग्ने गरी क्षति भएपछि धुम्बाराहीमा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको एमालेले यसपालिको चियापान नजिकैको शङ्खपार्कमा गर्न लागेको हो ।

एमालेले २०४७ सालदेखि चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले यो परम्परा सुरु गर्नुभएको हो । चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निमन्त्रणा पठाइएको छ ।

कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीलाई निम्तो गरिएको एमालेले जनाएको छ ।

यस्तै, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्तालाई निमन्त्रणा कार्ड पठाइसकिएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई समेत आमन्त्रण गरिएको छ । दिउँसो १२बजेदेखि ३ बजेसम्म चियापान कार्यक्रम हुने छ । कार्यक्रमस्थलको मूल प्रवेशढोकामा राष्ट्रिय भेषभूषा झल्कने झाँकी प्रदर्शन गरीनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया