Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काश्मिर – भारत प्रशासित काश्मिरको जकुरामा बिद्रोहीले सशस्त्र सीमा सुरक्षा बलको एक गस्ती टोलीमाथि आक्रमण गरेका छन् ।

बिद्रोहीको आक्रमणमा परि एक जवानको ज्यान गएको र अन्य आठ जवान घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीको टोलीलाई आक्रमण गरी बिद्रोही भागेको सरकारी अधिकारीले बताएका छन् ।

आक्रमणमा संलग्न बिद्रोहीको खोजी अभियान जारी छ । घाइते जवानलाई श्रीनगरमा रहेको आर्मी अस्पतालमा भर्ना गरिएको छ ।

दुई दिनअघि बिद्रोही र सुरक्षाकर्मीबिच पान्पोरमा ६० घण्टासम्म भिडन्त भएको थियो । काश्मिरमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएका छन् । काश्मिरकै विषयलाई लिएर भारत र पाकिस्तानबिच तनाव उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया