Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन आज शनिबार भारत जाँदै हुनुहुन्छ ।

गोवामा सुरु हुने सम्मेलनमा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शनिबार बिहान भारत जान लाग्नुभएको हो ।  सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र, सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनुहुनेछ ।

सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सिसँग शनिबार बेलुका र भारतीय समकक्षीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेकाले चिनियाँ राष्ट्रपतिसँग उहाँको नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्नुहुनेछ ।

त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आगामी कात्तिक १ गते स्वदेश फर्कनुहुनेछ । ***

तपाईको प्रतिक्रिया