Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – यो वर्षको दसैँमा सुनचाँदीको कारोबार सन्तोषजनक भएको व्यवसायीले बताएका छन् । दसैँको बेलामा दैनिक २० किलोको हाराहारीमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार काठमाडौं उपत्यकामा भन्दा उपत्यका बाहिर कारोबार राम्रो भएको छ । फूलपातीदेखि बन्द भएको सुन पसल बिहीबारदेखि खुलेका छन् ।

सुनचाँदी शुक्रबार दसैँ अघिकै भाउमा कारोबार भैरहेको छ । सुन आज तोलाको ५६ हजार रुपैयाँ यथावत छ । यस्तै चाँदी पनि तोलाको ८१० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कुनै घटबढ नभएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया