Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

screen-shot-2016-10-14-at-13-58-40टोकियो-बिभिन्न मुलुकबाट जापान आई बसोबास गर्ने बिदेशीहरुको लागि जापानको बसोबासमा आवश्यक पर्ने आधारभूत जानकारी सहितको गाइड बुक अब नेपाली भाषामा पनि प्रकाशित भएको छ । टोकियोको सबैभन्दा बढि नेपालीको संख्या रहेको सिन्जुकु वार्डले हालसम्म जापानी, अंग्रेजी, कोरियन र चाइनिज भाषामा प्रकाशन गर्दै आएको सो गाइड बुक यस बर्षदेखि नेपाली भाषामा पनि प्रकाशन गर्न थालेको हो । हाल सिन्जुकु वार्डमा मात्र करीब ३ हजार ३०० जना नेपालीहरुको बसोबास रहेको सो वार्डले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख छ । बिदेशीहरुको संख्याको आधारमा नेपालीको संख्या चौथो स्थानमा पर्दछ ।

जापानमा बसोबास गर्ने बिदेशीहरुलाई दैनिक जीबनयापनमा अप्ठ्यारो नहोस भन्ने हेतुले यस्तो प्रकाशन गरिएको सम्बन्धित श्रोतले जनाएको छ ।

सिन्जुकु वार्डको सो गाइड बुक सिन्जुकु वार्ड कार्यालय अर्थात कुयाकुस्यो लगायत सिनओकुबो स्थित समुद्रपारि डट कमको कार्यालयमा पनि उपलब्ध छ । सिन्जुकु वार्डको वेबसाइट  बाट पनि सो गाइडबुक डाउनलोड गरी पढ्न सकिने ब्यवस्था गरिएको छ । यो गाइड बुक सिन्जुकु वार्डले प्रकाशन गरेको भएपनि जापानको जुनसुकै स्थान बस्नेहरुको लागि पनि उपयोगी हुने बताईएको छ ।

पछिल्लो समयमा जापानमा उल्लेख्य संख्यामा नेपालीहरुको बृद्धि भएसंगै बिभिन्न स्थानिय निकायहरुले नेपाली भाषामा आधारभूत जानकारीहरु उपलब्ध गराउन सुरु गरेका छन ।

तपाईको प्रतिक्रिया