Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।

बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका नाकामा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाउनुका साथै पैदल यात्रीमाथि निगरानी बढाएको छ ।

बाराको मुख्य सीमा नाका मटिहर्वा तथा टाँसिएकै भारतको आदापुर नाकामा सुरक्षा व्यवस्था पारिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट मटिहर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले बताउनुभयो ।

दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताउनुभयो ।

भारतीय सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाएपनि यसले नेपाल भारतको सम्बन्धमा कुनै असर नपर्ने सुरक्षा निकायको दाबी रहेको छ ।

यसैगरी, पर्साको भारतीय सीमाका रक्सौल—भिस्वा, परसौनी—भेलाई, सिर्सिया—रक्सौला, जानकीटोल—इनर्वा, ठोरी—भिस्वाठोरी नाकामा समेत भारतीय निगरानी बढाइएको छ ।

तपाईको प्रतिक्रिया