Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024
काठमाडौं – नेकपा एमालेले बडा दसैं, तिहार, नेपाल सम्वत्, छठ, उधौली, इद लगायतका अवसरमा भोलि शनिबार चियापान समारोहको आयोजना गरेको छ । शुभकामना आदानप्रदान तथा चियापन समारोहको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।
चियापान समारोहमा राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तिय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महा–प्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासकहरु, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेशागत संघ÷संस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताहरुलाई निमन्त्रणा कार्ड पठाइसकिएको एमालेले जनाएको छ ।
यसैगरी नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुका साथै कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई पनि आमन्त्रण गरिएको छ । चियापान कार्यक्रम नेकपा (एमाले) केन्द्रीय कार्यालय धुम्बाराहीसँगै रहेको शंखपार्कमा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया