Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूमाथि लागेको यौन उत्पीडनको आरोप झुटो रहेको बताउनुभएको छ । फ्लोरिडाको वेष्ट पाममा भएको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकसँग आफूमाथि लागेको यौन उत्पीडनको आरोप पूणरुपले झुटो रहेको बताउनुभएको हो ।

आफूमाथि आरोप लगाउने महिलाहरुले झुट बोलेको ट्रम्पको भनाई छ । डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले सञ्चारमाध्यमसँगको साँठगाँठमा आफूमाथि झुटो आरोप लगाएको ट्रम्पको दाबी छ । केही महिलाले ट्रम्पले आफूलाई गलत नियतले छोएको वा जबरजस्ती चुम्बन गरेको बताएका छन् । सन् २००५ मा महिलाप्रति अश्लिल टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि समस्या परेका यौन उत्पीडनको कुराले थप समस्यामा परेका छन् ।

अमेरिकी प्रथम महिला मिशेल ओबामाले महिला सम्बन्धी ट्रम्पको भनाई आश्चर्य लाग्दो रहेको बताउनुभयो । न्यु ह्यामशायरमा भएको चुनावी अभियानको क्रममा मिशेलले राजनेताले मानवीय शिष्टाचारको पूर्ण रुपमा सम्मान गर्नु पर्ने बताउनुभयो ।

महिलाका बारेमा ट्रम्पको अश्लिल टिप्पणीले आफूलाई त्रसित बनाएको मिशेलको भनाई छ । ट्रम्पको महिला प्रति टिप्पणी निकै क्रुर रहेको र यसलाई लुकाउन नसकिने उहाँले बताउनुभयो । पछिल्लो पटक अमेरिकी पत्रिका द न्युयोर्क टाइम्ससँग दुई महिलाले ट्रम्पले आफूमाथि यौन उत्पीडन गरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया