Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको खाँबुखैरेनी नजिकैको बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी–७ ऐना पहरामा दसैँको टीकाको दिन चट्टानसहितको पहिरो खसेपछि एकतर्फी मात्र गाडी चलिरहेका छन् । अहिले पनि सुख्खा पहिरो खसिरहेकाले दुईतर्फी नै बाटो खुलाउन समस्या भएको तनहुँका एसपी कृष्ण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो हटाउन दुईवटा डोजर राखिएको छ । तर डोजर धेरै चलाउँदा झन् ठूलो पहिरो खस्ने जोखिम भएकाले दुईतर्फी नै बाटो खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

दसैँमा घर गएकाहरु फर्कन थालेपछि यो सडकखण्डमा जाम हुने सम्भावना छ । यसअघि दसैँअघि पनि यो ठाउँमा पहिरो खस्दा दसैँका लागि हिँडेका यात्रु २४ घण्टा भन्दा धेरै समय बाटोमै रोकिएका थिए ।

तपाईको प्रतिक्रिया