Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – आगामी कात्तिक ४ देखि ६ गतेसम्म काठमाडौंमा ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ हुने भएको छ ।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको आयोजनामा हुन लागेको सो उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तुत भई छलफल गरिनेछ । नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिलाई निमन्त्रणा गरिएको महासम्मेलनमा १०औँ हजार हिन्दू धर्मका अनुयायीको सहभागिता हुने बताईएको छ ।

साधु, सन्त, महन्त, विद्वानको सहभागिता रहने महासम्मेलनले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने प्रस्तावसमेत पारित गर्ने महासंघका सचिव अस्मिता भण्डारीले जानकारी दिए । काठमाडौँको वनकालीमा हुने सोही कार्यक्रममा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासंघको नयाँ कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गरिने भएको छ । ***

तपाईको प्रतिक्रिया