Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

पोर्चुगल – पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बन्नु भएको छ । उहाँले आउँदो जनवरीमा राष्ट्रसंघ महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा गुटेरेस नयाँ महासचिव बनेको औपचारिक घोषणा गरिएको हो ।

१० वर्षसम्म राष्ट्रसंघीय शरणार्थी नियोगको नेतृत्व सम्हाल्नुभएका ६६ वर्षका गुटेरेसले आउँदो वर्षको सुरुमा राष्ट्रसंघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनुहुनेछ । दुई कार्यकाल राष्ट्रसंघको नेतृत्व गरेका बानको कार्यकाल आउँदो जनवरीमा सकिनेछ ।

राष्ट्रसंघ महासभाका अहिलेका अध्यक्ष पिटर थोमसनले गुटेरेस महासचिव पदका लागि योग्य तथा अनुभवी रहेको बताउनुभयो । गुटेरेस पाँच दशक लामो निरंकुश शासन अन्त्य भएपछि सन् १९७६ मा पोर्चुगलको प्रजातान्त्रिक राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

उहाँ सन् १९९२ मा त्यहाँको कम्युनिष्ट पार्टीको नेता बन्नुभएको थियो । यस्तै १९९५ मा उहाँ पोर्चुगलको प्रधानमन्त्री बन्नुभएको थियो । गुटेरेसले सन् २००५ देखि २०१५ सम्म राष्ट्रसंघीय शरणार्थी नियोगको नेतृत्व गर्नुभएको थियो । सन् २०१७ जनवरी १ देखि महासचिवको जिम्मेवारी सम्हाल्ने गुटेरेश सन् २०२१ को डिसेम्बरसम्म पदमा रहनु हुनेछ । ***

तपाईको प्रतिक्रिया