Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं– आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालले हङकङलाई ६ रनले हराएको छ । हङकङसँगको जितपछि नेपालको विश्वकप छनौट खेल्ने संभावना कायम छ ।

mama

अब नेपालले थाइल्याण्ड र चिनसँग खेल्न बाँकी छ । समान ४ खेलबाट थाईल्याण्डको ६ तथा नेपाल र हङकङको ४ अंक छ । चीनको भने २ अंक मात्र छ । जितका लागि ७६ रनको लक्ष्य पछ्याएको हङकङलाई १७ दशमलव ४ ओभरमा ६९ रनमा अल आउट गर्दै नेपालले विश्वकप छनौट खेल्ने संभावना कायम राखेको हो ।

हङकङलाई अल आउट गर्न करुण भण्डारीले ३ तथा सिता राना मगरले २ विकेट लिइन् । सबनाम राई, निर्मला कुमारी र रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको थियो । नेपालकी करुणा भण्डारीले १९, इन्दु वर्माले १५, ज्योती पाण्डेले ११ तथा नेरी थापाले १० रन बनाइन् । नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको हो । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया