Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं– आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालले हङकङलाई ७६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनायो ।

नेपालकी करुणा भण्डारीले १९, इन्दु वर्माले १५, ज्योती पाण्डेले ११ तथा नेरी थापाले १० रन बनाइन् । हङकङकी चान क मानले तीन तथा किनु गिलले दुई विकेट लिइन् । हङकङले लक्ष्य पछ्याउँदै ब्याटिङ गर्दैछ ।

नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको हो । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

नेपाल दुई खेलमा हारेकाले समूह विजेता बन्दै वल्र्ड क्वालिफायरमा पुग्ने सम्भावना भने कठिन छ । चार टिम सहभागी प्रतियोगितामा तीन खेल जितेको थाइल्याण्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित हङकङ दोस्रो स्थानमा छ । नेपाल र चीनको सामान दुई अंक छ । चीनले बिहीबार बिहान भएको खेलमा थाइल्याण्डलाई हराएको थियो ।

तपाईको प्रतिक्रिया