Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

उदयपुर – उदयपुरमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप हुँदा पाँचजना प्रहरी घाइते भएका छन् । पाँच दिनअघि बेल्टार–२ सिरबानीका राजेन्द्र कटुवालले श्रीमती भीमकुमारीको हत्या गरेको भन्दै भएको विरोध प्रदर्शनको क्रममा झडप भएको ।

आफ्नी छोरीको हत्या भएको भन्दै भीमकुमारीका माइती पक्ष र स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि बुधबार बेलुका तनाव भएको थियो । तनाव नियन्त्रण गर्न प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ । माइती पक्ष र स्थानीय प्रशासनबिच छलफल हुने भनेपछि अहिले स्थिति सामान्य भएको छ ।

भीमकुमारीको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । भीमकुमारीको हत्यामा राजेन्द्र आफै र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी छ ।

राजेन्द्रले कान्छी श्रीमती विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । भीमकुमारीको हत्या आरोपमा प्रहरीले राजेन्द्रसहित परिवारका ६ जनालाई यसअघि नै पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया