Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

रसुवा  – चट्याङले ट्रान्सफर्मर जलेपछि रसुवाको सरमथलीका ८० धरधुरीले अन्धकारमै दसैँ मनाएका छन् । गाँउमा रहेको ट्रान्सफर्मर चट्याङले जलेपछि सरमथली–८ घिचेतका बासिन्दाको घरमा बिजुली नबलेको हो ।

टीकाको अघिल्लो दिन सोमबार ट्रान्सफर्मर जलेका कारण अन्धकारमा दसैँ मनाउन बाध्य भएको घिचेतका सूर्य तामाङले बताउनुभयो । गाँउमा सडक नपुगेको कारण ट्रान्सफर्मर लैजान ढिलाई भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण कालिकास्थानका इन्चार्ज माधवप्रसाद तिमिल्सिनाका अनुसार बिहीबार सरमथली लच्याङ हुँदै चिलाउनेगाँउसम्म ट्रान्समिटर पु¥याइने र शुक्रबार बेलुकासम्ममा विद्युत सेवा नियमित हुन सक्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया