Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

टोकियो-जापानको सेन्दाइमा नेपाली विद्यार्थी एकता समाज जापान (UONS-Japan) को आयोजनामा बडादसैं कार्यक्रम सम्पन्न भएको छ ।
सेन्दाइ क्षेत्रका नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको ‘दसैं धमाका २०७३’ मा जापानी नागरिक लगायत उक्त क्षेत्रका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक विरेन्द्र चलाउनेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लोक दोहोरी गायक सुरेन्द्र सुनार र अस्मित मैनालीले गीत गाएर दर्शकहरूलाई मनोरन्जन दिलाएका थिए । कार्यक्रम नमस्ते रेष्टुरेन्टमा साँझ ५:३० बाट शुरू गरिएको थियो ।

जापानको व्यस्त दैनिकीको बावजुत पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा दसैंको टिकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान गरिएको थियो । नेपाली खानाका साथमा परदेशमा पनि दसैं पर्वको आयोजना गरिएको र कार्यक्रममा उपस्थित सम्पूर्णमा आयोजकको तर्फबाट अध्यक्षले धन्यवाद दिएका थिए । संस्थाका सचिव नारायण खड्काले शुभकामना मन्तव्यसहित कार्यक्रम सञ्चालन गरेका थिए । आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएको छ ।***
dashain-sendai1 dashain-sendai2 dashain-sendai3 dashain-sendai4 dashain-sendai5

तपाईको प्रतिक्रिया