Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – मध्य र पश्चिमी क्षेत्रबाट यस वर्षको मनसुन बाहिरिएको छ । सामान्यतया जेठ अन्तिम हप्ता सुरु भएको मनसुन असोज दोस्रो हप्ता सकिनुपर्ने हो । तर यो वर्ष ५ दिन ढिला गरी असार १ गते सुरु भएको मनसुन दुई हप्ता लम्बिएको मौसमविदले बताएका छन् ।

मध्य र पश्चिममा मनसुन सकिएपनि पूर्वमा भने बाँकी नै रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वायुमण्डलमा अझैपनि जलवाष्पयुक्त हावा भएकाले बेलुकीपख फाट्टफुट्ट पानी भने पर्न सक्छ । बंगालको खाडी हुँदै नेपाल भित्रिने मनसुन भारतको राजस्थान हुँदै बाहिरिने उहाँले बताउनुभयो ।

मनसुन पुरै हट्न पश्चिमी हावा बहनु पर्ने मौसमविद कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ९० प्रतिशत स्टेशनमा लगातार ३ दिन पानी नपरे मात्र मनसुन सकिएको घोषणा गर्न सकिन्छ ।

पश्चिम र मध्यबाट मनसुन सकिएकाले अब पूर्वबाट पनि छिट्टै हट्ने उहाँको अनुमान छ । अब विस्तारै चिसो बढ्ने मौसमविद कँडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया