Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

कञ्चनपुर  – मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर–२ वाणीका ५६ वर्षका बहादुर रावलको ज्यान गएको छ ।

गुलरिया इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति ज्यान गएको बताउनुभयो ।

धामीलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
त्यसैगरी मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका भीमदत्तनगरपालिका–२ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा ज्यान गएको छ ।

से २ प ९०६१ नम्बरको मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिका–१३ दैजी क्षेत्रमा ठक्कर दिँदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया