Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पलाई दिएको समर्थन फिर्ता लिन रिपब्लिकन पार्टीसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ओबामाले राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई गरेको समर्थन औपचारिक रुपमा फिर्ता लिन रिपब्लिकन पार्टीका शीर्ष नेतालाई आह्वान गर्नुभएको हो । डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा नर्थ क्यारोलाईनामा भएको र्‍यालीमा ओबामाले महिलाप्रति अश्लिल विचार राख्ने व्यक्ति अमेरिकाको नेतृत्व गर्न योग्य नरहेको बताउनुभयो ।

उहाँले ट्रम्पले महिलाबारे सुनिसकेपछि विश्वकै शक्तिशाली पदमा पठाउनु उपयुक्त नहुने बताउनुभयो । गएको हप्ता ट्रम्पले महिलाबारे गरेको अश्लिल टिप्पणीसम्बन्धी भिडियो सार्वजनिक भएपछि ट्रम्पकै पार्टीका १२ जना भन्दा धेरै वरिष्ठ नेताले समर्थन नगर्ने बताइसकेका छन् ।

राष्ट्रपति ओबामाले भन्नुभयो ‘मलाई थाहा छ, रिपब्लिकन पार्टीका नेतालाई लाज लागेको छ । तर ट्रम्पलाई दिएको समर्थन फिर्ता गर्न किन समय लगाएका छन् त्यो भने थाहा छैन । उनीहरुले ट्रम्पको समर्थन गर्दिन भन्न सक्नु पर्छ ।’

तपाईको प्रतिक्रिया