Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

झापा – पूर्व–पश्चिम राजमार्गअन्तरगत झापाको विर्तामोडमा आज बिहान दुईवटा बस आपसमा ठोक्किँदा ५५ जना घाइते भएका छन् । बिर्तामोड नगरपालिका–१, पश्चिम धर्मकाँटा नजिकै आज विहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएका हुन् ।

act-768x631

काँकरभिट्टाबाट बिराटनगरतर्फ आउँदै गरेको ना ५ ख ६५६१ बस बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बससँग ठोक्किएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुबै बसका घाइतेमध्ये २९ जनाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । १६ जनाको बिर्तासीटी र ९ जनाको मनमोहन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

बसमा दशैंको टीकाटालोका लागि आपन्तजन भेट्न हिँडेका यात्रुहरु थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया