Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

भक्तपुर  – भक्तपुरमा बडादसैँको मध्यरातमा हुने ऐतिहासिक तथा साँस्कृतिक महत्वको सेतो घोडाजात्रा मंगलबार राति सम्पन्न भएको छ । सेतो घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ ।

राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधि अनुसार कालरात्री पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेतो घोडाजात्रा हुने परम्परा छ ।

जात्रा हुनु अघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडालाई भक्तपुर नगरमा डुलाइ घोडा जात्रा गर्ने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पूजिँदै आएको छ ।

यस्तै बडादसैँको दशौँ दिन मध्यरातको समयमा मनाइने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग) जात्रा मंगलबार राति सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया