Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

डोटी – दीपालयमा नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ । बुधबार बिहान साढे तीन बजे विद्युतको भोल्टेजमा घटबढ हुँदा सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको सब स्टेसनका प्रमुख टेकबहादुर खड्काले बताउनुभयो । आगलागीले १५ केभिएको ट्रान्सफरमर तथा विद्युत आपूर्तिको व्यवस्थापन गर्ने फेडर जलेर नष्ट भएको छ । स्टेशनमा आगलागी भएपछि डोटी र अछाममा विद्युत सेवा पूर्णरुपमा बन्द भएको छ ।

यसले दार्चुला बाहेकका सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत सेवा पनि प्रभावित भएको छ । सब स्टेनसनमा लागेको आगो स्थानीय बासिन्दा, प्रहरी र कर्मचारीको सहयोगमा बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो ।

आगलागीबारे केन्द्रमा जानकारी गराएको र केन्द्रबाट प्राविधिक टोली आउने तयारीमा भइरहेको सब स्टेसन प्रमुख खड्काले बताउनुभयो । नयाँ ट्रान्सफर्मर र फिडर भारतबाट ल्याउनुपर्ने भएकाले विद्युत आपूर्ति सहज बनाउन कम्तीमा एक महिना लाग्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया