Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिया धार्मिक स्थलमा बिद्रोहीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गएको छ ।

पहिले विस्फोट भएको र त्यसपछि गोली हानाहान भएको प्रहरीले जनाएको छ । घटनामा अन्य २६ जना घाइते भएका छन् । ज्यान जानेमा एकजना प्रहरी अधिकारी पनि छन् ।

पैगम्बर मोहम्मदका नाती इमाम हुसैनको निधन भएको दिनको सम्झना गर्न जम्मा भएका मानिसको भीडमा आक्रमण भएको हो । इस्लामिक क्यालेन्डर अनुसरा मुहर्रम महिनाको १० औं दिन विश्वभरका मुसलमानले उनको निधन भएको दिनको सम्झना गर्छन् ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छ । शिया धार्मिक स्थलामा आक्रमण भएकाले शुन्नी बिद्रोहीको संलग्नता रहेको अनुमान छ ।

तपाईको प्रतिक्रिया