Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

img_7808

काठमाडौं – आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।
आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् । बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिए ।

उपत्यकामा चहलपहल बढ्यो
दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे ।
सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ-आफ्नो गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ । उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ । टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया