Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्लुएचओले जिका भाइरसको संक्रमण एसियामा उच्च दरमा फैलिरहेको र यो अझै बढ्ने क्रममा रहेको बताएको छ । पछिल्लो समय जिका भाइसको संक्रमणको दर बढ्दै गएको र यसले एसियामा महामारिको रुप लिन सक्ने भन्दै डब्लुएचओले चेतावनी दिएको हो ।

सिंगापुरमा धेरैमा संक्रमण फैलिएको छ । यस्तै चीन, थाइल्याण्डसहितका देशमा पनि जिकाको संक्रमण पुष्टि भएको छ । जिका भाइरसको संक्रमण अहिलेसम्म ७० भन्दा बढी देशमा फैलिएको छ । त्यसमध्ये एसिया प्यासिफिक क्षेत्रका १९ देश छन् ।

वैज्ञानिक जिका भाइरससँग विरुद्ध लड्ने उपायको खोजी लागिरहेको डब्लुएचओकी निर्देशक मार्गरेट चानले बताउनुभयो । तर अहिलेसम्म सफलता भने मिलेको छैन । जिका भाइरसका कारण गर्भवती बढी प्रभावित हुने गरेका छन् । यसका कारण गर्भमा रहेको बच्चाको मस्तिष्कमा असर पर्ने गरेको छ ।

सन् १९४७ मा युगाण्डामा पहिलो पटक देखिएको जिका भाइरसको संक्रण त्यसपछि सन् १९७७ देखि ७८ सम्म पाकिस्तान, मलेसिया र इन्डिोनेसियामा देखिएको थियो ।

यस्तै सन् २००७ मा यप र माइक्रोनेसिया, २०१३ मा फ्रेन्च पोलिनेसियामा यसको संक्रमण फैलिएको थियो । तर गएको वर्ष ब्राजिलबाट सुरुभएको पछिल्लो संक्रमणले महामारिको रुप नै लिएको छ ।

तपाईको प्रतिक्रिया