Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – पृथ्वी राजमार्ग दुईतर्फी नै खुलाउन समय लाग्ने भएको छ । तनहुँको आँबुखैरेनी ऐना पहरामा सोमबार बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि अहिले एकतर्फी मात्र गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

दसैँको बिदा भएको तथा थोरै गाडी मात्र चल्ने भएकाले दसैँपछि नै दुईतर्फी खुलाउने सडक विभागको योजना छ । पृथ्वी राजमार्ग हुँदै पोखरा, बाग्लुङ, पर्वत, म्याग्दी लगायतका ठाउँका गाडी चल्छन् ।

यसअघि गएको बुधबार पनि आँबुखैरेनीमा पहिरो खस्दा दसैँका लागि घर हिँडेका यात्रु लामो समय बाटोमै रोकिएका थिए ।

तपाईको प्रतिक्रिया