Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्व कप २०१८ को छनौट अन्तर्गत स्वीडेन र फ्रान्सले लगातार दोस्रो जित दर्ता गरेका छन् । सोमबार राति भएको खेलमा फ्रान्सले नेदरल्याण्डसलाई १–० ले हराएको हो ।

फ्रान्सको जितमा पउल पोग्बाले ३० औं मिनेटमा गेरको गोल नै निर्णायक बन्यो । फ्रान्सले यसअघिको खेलमा बुल्गेरियालाई ४–१ ले हराएको थियो ।

समूह ए अन्तर्गत नै भएको खेलमा स्वीडेनले बुल्गेरियालाई ३–० ले हरायो । स्वीडेनका लागि टोइभोनेन, हिल्जेमार्क र लिन्डेलोफले एक एक गोल गरे ।

जितपछि समान सात अंक भएपनि स्वीडेन गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ । समूह ए अन्तर्गतकै खेलमा बेलारुसले लग्जेम्बर्गसँग १–१ को बराबरी खेल्यो ।

तपाईको प्रतिक्रिया