Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियान धरापमा पर्ने क्रम रोकिएको छैन । सोमबार बिहान भएको दोस्रो टेलिभिजन बहसमा तयारीका साथ प्रस्तुत भएका ट्रम्पलाई ११ वर्षअघि महिलाका बारेमा गरेको अश्लिल टिप्पणी घातक बन्दै गएको छ ।

सन् २००५ को भिडियो सार्वजनिक भएपनि आलोचनामा घेरिएका ट्रम्पलाई रिपब्लिनक पार्टीकै उच्चस्तरका नेताले साथ नदिने घोषण गर्ने क्रम जारी छ । पछिल्लो पटक रिपब्लिकन पार्टीका उच्च नेता पाल रायनले ट्रम्पको बचाउ गर्न नसकिने बताउनुभएको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभका प्रवक्ता रायनले महिलाको बारेमा ट्रम्पको अश्लिल भनाई सार्वजनिक भइसकेको अवस्थामा उनको साथ आफूले दिन नसक्ने बताउनुभएको हो । ट्रम्पको बचाउ गर्न नसक्ने भएपनि समर्थन भने फिर्ता नलिने रायनले बताउनुभयो । ट्रम्पले ट्वीट गरेर आफूसँग विवाद गरेर समय खेर नफाल्न रायनलाई सुझाव दिनुभएको छ ।

दोस्रो टेलिभिजन बहसको क्रममा ट्रम्पले आफूले ११ वर्षअघि गरेको टिप्पणीप्रति माफि मागेका थिए । तर डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पको माफिप्रति आशंका व्यक्त गर्नुभएको छ ।

रिपब्लिकन पार्टीका नेता जोन म्याकेन तथा पूर्व विदेश मन्त्री कोन्डोलिजा राइसले ट्रम्पलाई दिएको समर्थन यसअघि नै फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया