Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

चितवन – चितवनमा फैलिएको स्क्रब टाइफस संक्रमण झन गम्भीर बन्दै गएको छ । असोज महिना लागे यता थप ५९ जनामा सङ्क्रमण भएको छ । योसँगै वैशाखदेखि अहिलेसम्म दुई ६४ जनामा स्क्रब टाइफस भएको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसअघि भदौ मसान्तसम्मको प्रतिवेदनमा दुई सय पाँच जनामा सङ्क्रमण भएको यो रोग असोज तेस्रो हप्ताको प्रतिवेदनअनुसार दुई सय ६४ पुगेको हो ।

चितवनमा टाइफस रोगबाट दुईजनाको ज्यान गइसकेको छ । नेपालमा स्क्रब टाइफसबाट आठ जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो । ३७ जिल्लामा यो रोग देखिएको उहाँको भनाई छ ।

अघिल्लो वर्ष नेपालमै पहिलो पटक टाइफस सङ्क्रमण देखिएको पुष्टि भएको थियो । पूर्वी नेपालमा देखिएको यो रोगबाट त्यो बेला एक सय एकजनामा सङ्क्रमण हुँदा आठ जनाको ज्यान गएको थियो ।

यो वर्ष देशका विभिन्न जिल्लामा रोग देखिएको महाशाखाअन्तर्गत इपिडिमियोजोली शाखा प्रमुख डा. गुणनिधि शर्मा बताउनुहुन्छ । माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सीया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउँछ, शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । मुख्यगरी मुसाको नियन्त्रण गर्ने झारका काम गर्दा पूर्ण कपडा लगाउने, झारमा नबस्ने गर्दा सर्नबाट जोगिन सकिने चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी महाशाखाले अघिल्लो महिना चितवनमा गरेको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग सङ्क्रमण भएको पुष्टि गरेको हो । अहिले भरतपुर अस्पतालमा टाइफस रोगको निःशुल्क परीक्षणको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया