Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो टेलिभिजन बहसको क्रममा महिलाको बारेमा आफ्नो अश्लिल टिप्पणीप्रति माफि मागेका छन् ।

सोमबार बिहान भएको बहसको क्रममा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन महिलाप्रतिको टिप्पणीलाई लिएर ट्रम्पमाथि आक्रमक रुपमा प्रस्तुत हुनुभएको थियो । सन् २००५ मा महिलाको अश्लिल टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि ट्रम्पको आलोचना भएको छ ।

ट्रम्पले आफ्नो भनाईप्रति माफि मागेका छन् । आफ्नो भनाईले आफू नै लज्जित भएको ट्रम्पको भनाई छ । महिलाप्रति सम्मान रहेको ट्रम्पले बताउनुभयो । ट्रम्पले क्लिन्टनका श्रीमान पूर्व राष्ट्रपति बिल क्लिन्टन निकै खराब मानिस रहेको र हिलारीले बिलको साथ दिएको आरोप लगाउनुभयो ।

क्लिन्टनले भिडियो सार्वजनिक भएपछि झन ट्रम्प राष्ट्रपतिका लागि योग्य नरहेको प्रमाणित भएको बताउनुभयो । बहसको क्रममा ट्रम्पले राष्ट्रपति बाराक ओबामाको योजनालाई निकै खराब योजनाको शंज्ञा दिनुभयो । आफू राष्ट्रपति बनेमा अमेरिकाका लागि राम्रो योजना ल्याउने उहाँले दाबी गर्नुभयो ।

बहसमा अन्तर्राष्ट्रिय नीति, राष्ट्रिय सुरक्षा तथा सामाजिक विषयमा दुवै उम्मेदवारले आफ्नो योजना सुनाएका छन् । पहिलो टेलिभिजन बहसमा कमजोर देखिएका ट्रम्प यसपटक भने तयारीका साथ प्रस्तुत भएको विश्लेषकले बताएका छन् ।

तपाईको प्रतिक्रिया