Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमााडौं – विश्व कप २०१८ को छनौट अन्तर्गत आफ्नो तेस्रो खेलमा स्पेन विजयी भएको छ । आइतबार राति भएको खेलमा समूह जीमा रहेको स्पेनले अल्बानियालाई २–० ले हराएको हो ।

स्पेनको जितमा डिएगो कोस्टा र नोलिटोले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको स्पेनका लागि चेल्सीका स्ट्राइकर कोस्टाले ५५ औं मिनेटमा गोल अग्रता दिलाए ।

त्यसको ८ मिनेटपछि म्यानचेस्टर सिटीका नोलिटोले गोल गरेपछि स्पेनले २–० को जित निश्चित ग¥यो । यसअघिको खेलमा स्पेन इटालीसँग १–१ को बराबरीमा रोकिएको थियो ।

तीन खेलबाट सात अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ । ६ अंक जोडेको अल्बानिया तेस्रो स्थानमा छ । समूह जी अन्तर्गत नै राति भएको खेलमा इजरायलले लेचेस्टाइनलाई २–१ ले हरायो ।

 

तपाईको प्रतिक्रिया