Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका बासिन्दाले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरूण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरूप मोबाइल सन्देश (एसएमएस) अभियान सुरु गरेका छन् ।

स्थानीय बासिन्दाले दबाब समिति गठन गरी आइतबार जिल्लाका तीन सांसद ज्ञानेन्द्रबहादुर कार्की, शेरधन राई र कृपाशुर शेर्पालाई एसएमएस गरी ध्यानाकर्षण गराएका हुन् ।

‘लम्सुवाको पुल कहिले बन्छ ?’ भनी एसएमएस अभियान सुरु गरिएको र एकसय एसएमएस तीनैजना सांसदलाई पठाएको दबाब समितिका संयोजक डिल्ली तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले पुनर्निर्माणका लागि खबरदारी गर्न दसैँलगत्तै सङ्खुवासभाको तुम्लिङ्टारस्थित सडक कार्यालयलाई ज्ञापन बुझाइने पनि बताउनुभयो ।

दसैँको अवसरमा दबाबस्वरूप सरोकारवालालाई खबरदारी गर्न स्थानीय बासिन्दाले नयाँ शैलीको एसएमएस दबाब अभियान सुरु गरेका हुन् ।

झन्डै पाँच वर्षदेखि निर्माण भइरहेको लम्सुवाघाटको पुलको अहिलेसम्म २० प्रतिशतमात्र प्रगति भएको छ । स्थानीय राजनीतिक स्वार्थलगायतका कारणले समयमै काम हुन नसकेको उपभोक्ता बताउँछन् । पुल निर्माणका लागि १४ करोड लाग्ने छ ।

ठेकेदार जयराज लामिछानेले यसपटक ११ करोड बजेट विनियोजन भएको र प्राविधिक समस्या नआएमा अबको डेढ वर्षभित्र पुल निर्माण सम्पन्न गरिने दाबी गर्नुभयो । सङ्खुवासभा र भोजपुरको उत्तरी दिङला क्षेत्र जोड्ने यो पुल निर्माण भएमा दुई जिल्लाका बासिन्दाले प्रत्यक्ष राहत पाउनेछन् ।

तपाईको प्रतिक्रिया