Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाली महिला टिमल हङकङलाई ७८ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङ गरेको नेपाली टोलीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्रै ७७ रन बनायो ।

नेपालका लागि निर्मला कुमारी शाहीले १८, कप्तान रुबिना क्षेत्रीले १२ तथा रश्मि चौलागाईंले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । हङकङले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ । प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई हरेक खेल जित्नैपर्ने दबाब छ ।

तर पछिल्लो समय प्रतियोगिता तथा अभ्यासको अभावमा नेपाली टिमको प्रदर्शन निराशाजनक छ । नेपालले पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा भाग लिएपछि कुनै प्रतियोगिता खेलेको छैन । नेपाली टोली एक महिनाको प्रशिक्षण लिएर प्रतियोगिता खेल्न हङकङ पुगेको हो ।

तपाईको प्रतिक्रिया